लुम्बिनी प्रदेशले पारित गर्‍यो निजामती सेवा नियमावली

लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ।

देउखुरी– लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ।

मन्त्रिपरिषद् आइतबारको बैठकले उक्त नियमावली पारित गरेको हो। 

 राज्य निजामती सेवा ऐन, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ भने नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ।

मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले कर्मचारी व्यवस्थापन र बढुवाका लागि सरकारले नयाँ नियमावली ल्याएको बताए।

उनले राज्यका निजामती कर्मचारीका लागि लागु हुने कानून र नियम बनेकाले अब सरकारले नयाँ स्थानीय तहको कर्मचारी सेवा शुरू गर्ने तयारी गरिरहेको बताए। 

 यसैबीच, ‘राज्यको योजनाका लागि बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड २०८०’ स्वीकृत गर्ने निर्णय भएको छ।