इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएका खेलमा म्यानचेस्टर युनाइटेड र ब्राइटन विजयी भएका छन्।
काठमाडौँ– इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र ब्राइटन विजयी भएका छन्।
सेफिल्ड युनाइटेडलाई ५–० गोलले हराउँदै ब्राइटनले जित हात पारेको हो। ब्राइटनका लागि सिमोन अडिंग्राले दुई गोल गरे भने ज्याक रोबिन्सन, ड्यानी वेलबेक र फ्याकुन्डो बोउनानोटले एक एक गोल गरे। सेफिल्डले एक गोल पनि फर्काउन नसक्दा गोलरहित पराजय खेप्नुपर्यो।
यस्तै, आइतबार नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई २–१ गोल अन्तरले हरायो। युनाइटेडका रसमस होजलन्डले खेल शुरू भएको १ मिनेटमै पहिलो गोल गरे। त्यसको लगत्तै ७ औँ मिनेटमा उनले अर्को गोल गर्दै दुई अंकको अग्रता दिलाए। लुटनले एक गोल मात्र फर्काउन सक्यो। १४औँ मिनेटमा लुटनका कार्लटोन मोरिसले गोल गरेका थिए।
अहिले म्यानचेस्टर युनाइटेड २५ खेलमा ४४ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ भने समान खेल खलेको ब्राइटन ३८ अंकका साथ तालिकाको साताैँ स्थानमा रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
