पपुवा न्यु गिनीको दुर्गम पहाडी क्षेत्रमा भएको आक्रमणमा परी ६० जना भन्दा धेरैको मृत्यु भएको छ।
पपुवा न्यु गिनीको दुर्गम पहाडी क्षेत्रमा भएको आक्रमणमा परी ६० जना भन्दा धेरैको मृत्यु भएको छ।
त्यहाँको प्रहरी प्रवक्ताले बीबीसीलाई बताएअनुसार सप्ताहन्तमा एन्गा प्रान्तको हाइल्यान्ड क्षेत्रमा आदिवासी विवादका क्रममा मानिसहरूलाई गोली हानी मारिएको थियो। हाइल्यान्ड क्षेत्रको इतिहास हिंसाले भरिएको छ तर यो हिंसालाई पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो हिंसा मानिएको छ।
"यो अहिलेसम्मकै सबैभन्दा ठूलो हत्या हो जुन मैले एन्गामा देखेको छु, सायद सबै हाइल्यान्डहरूमा पनि," रोयल पपुवा न्यु गिनी कान्स्टेबुलरीका कार्यवाहक जर्ज काकासले भने। राजधानी पोर्ट मोरेस्बीबाट करिब ६०० किलोमिटर उत्तरपश्चिममा रहेको वाबाग शहर नजिकै प्रहरीले घटनास्थलमा शव संकलन गर्न थालेको छ। शवलाई ट्रकमा राखेर लैजाँदै गरेका भिडियो बाहिरिएका छन्।
त्यहाँका जनजातिबीच जमिन र सम्पत्तिको बाँडफाँडलाई लिएर संघर्ष चल्दै आएको छ। त्यसैको परिणाम बेलाेबला हत्याका घटना भइरहन्छन्। ठूला दंगा र लुटपाटमा कम्तिमा १५ जनाको मृत्यु भएपछि सरकारले गत महिना आपतकालको घोषणा नै गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
