गाजाका विभिन्न भागबाट भागेर आएका प्यालेस्टिनीहरू रफाह क्षेत्रमा शरण लिएर बसेका छन्।
इजरायलको मन्त्रिपरिषद्का सदस्य बेन्नी गान्ट्जले मार्च १० सम्म हमासले बन्धक रिहा नगरे रफाह क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएका छन्।
इजरायलले आफ्नो सेना गाजाको यस दक्षिणी भागमा प्रवेश गर्ने भनेको यो पहिलो पटक हो। गाजाका विभिन्न भागबाट भागेर आएका प्यालेस्टिनीहरू यहाँ शरण लिएर बसेका छन्। रफाहमा १५ लाख मानिस आश्रय लिएर बसेका छन् र यहाँ आक्रमणको विश्वव्यापी विरोध भइरहेको छ।
यसअघि संयुक्त राष्ट्र जनस्वास्थ्य एजेन्सीले इजरायली हमलापछि दक्षिणी गाजाको एउटा प्रमुख अस्पतालले काम गर्न बन्द गरेको बताएको थियो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अवस्थाको मूल्यांकन गर्न खान युनिस, रफाहको नासेर अस्पतालमा प्रवेश गर्न नदिइएको बताएको छ।
गुप्तचरले इजरायली बन्धकहरूलाई त्यहाँ राखिएको संकेत गरेको भन्दै इजरायली रक्षा बल (आईडीएफ)ले बिहीबार अस्पताल परिसरमा प्रवेश गरेको थियो। आईडीएफले नासेर अस्पतालमा आफ्नो अपरेसनलाई ‘सटीक र सीमित’ भनी वर्णन गरेको छ र हमासलाई ‘आतंकवादका लागि अस्पतालहरू प्रयोग गरेको’ आरोप लगाएको छ।
आइतबार गान्ट्ज, इजरायलका पूर्व रक्षा मन्त्री र युद्ध मन्त्रिपरिषद् सदस्यले भने, "विश्वले जान्नै पर्छ, र हमास नेताहरूले जान्नै पर्छ, यदि हाम्रा बन्धकहरू रमजानसम्म घर नआए, रफाह क्षेत्र लगायत सबै ठाउँमा लडाइ जारी रहनेछ।"
यस वर्षको मार्च १० बाट रमजान शुरू हुँदैछ। गान्ट्जले भने कि इजरायलले "समन्वित रूपमा काम गर्नेछ, हामी नागरिकलाई क्षति हुन नदिन र नागरिकहरूलाई बाहिर निकाल्न सहज बनाउन अमेरिका र इजिप्टसँग वार्ता गर्नेछौँ।"
इजिप्टको बारेमा गान्ट्जको उल्लेखले इजरायलले प्यालेस्टाइनीहरूलाई रफाह सीमा पार गरेर इजिप्टमा शरण लिन आग्रह गर्ने डरलाई अझ बढाएको छ। बीबीसीका कूटनीतिक संवाददाता पल एडम्स भन्छन् कि यसैले यस सीमामा ठूलो पर्खालको घेरा बनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
