विभागीय टोली एपीएफ क्लबका पार्कीले २०८० मंसिर ९ गते सम्पन्न नवौँ संस्करणको नेपालगन्ज म्याराथनको उपाधि जितेका थिए।
काठमाडौँ– गोपिचन्द्र पार्कीले लन्डन म्याराथनमा सहभागिता जनाउने भएको छन्। बैशाख ९ गतेदेखि हुने टीसीएस लन्डन म्याराथनमा उनले सहभागिता जनाउन लागेका हुन्।
आयोजक 'नेपालगन्ज म्याराथन'ले विजेतालाई लन्डन म्याराथनमा सहभागी गराउने घोषणा गरेको थियो। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपालगन्ज म्याराथनले त्यसबारे जानकारी गराएको हो। विभागीय टोली एपीएफ क्लबका पार्कीले २०८० मंसिर ९ गते सम्पन्न नवौँ संस्करणको नेपालगन्ज म्याराथनको उपाधि जितेका थिए। उनले २ घन्टा २१ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरेका हुन्। नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीका अनुसार रन युकेले यस सहभागिताको लागि सहयोग गरेको छ।
उनका अनुसार लन्डन म्याराथनमा सहभागी हुने पार्कीको सबै खर्च नेपाल रन युकेले गर्नेछ। "हामीले नवौँ संस्करणको धारा नेपालगन्ज गत वर्षको तुलनामा केही फरक तरिकाले सम्पन्न गरेका थियौँ। हाम्रो योजना अनुसार नै पार्कीलाई म्याराथनमा सहभागी हुने खर्च र व्यवस्थापन गरेका छौँ," उनले भने। पार्कीले २ महिना नेपालमा गर्ने प्रशिक्षणको सम्पूर्ण तयारी खर्चसमेत नेपालगन्ज म्याराथनले गर्ने ठकुरीले बताए।
यस्तै, नेपालगन्ज म्याराथन र हाफ म्याराथन विजेतालाई अन्य अन्तर्राष्ट्रिय म्याराथनमा सहभागिताको लागि पहल गर्नेसमेत उनले बताए। पार्कीले अन्य देशमा गएर प्रशिक्षण गर्ने अवसर नपाएको गुनासो गर्दै यस अवसरले आत्मविश्वास थप्ने बताए।
"यो उत्कृष्ट टप ६ मा पर्ने म्याराथन हो। मैले अन्य देशमा गएर प्रशिक्षण गर्ने अवसर त पाएको छैन। यति पाएँ भने अझै राम्रो गर्न सक्छु भन्नेमा ममा विश्वास छ," उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
