यादवले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई १ हजार ६२० मतान्तरले पराजित गरे।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा-१ बाट जनता समाजवादी पार्टी (जसपा)नेपालका उम्मेदवार प्रदीप यादव विजयी भएका छन्। पर्सा-१ बाट यादव दोस्रोपटक निर्वाचित भएका हुन्।
यादवले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई १ हजार ६२० मतान्तरले पराजित गरे। उनको जितसँगै जसपाले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ।
यादवले २२ हजार ५३७ मत ल्याए। निकटतम प्रतिद्वन्दी द्विवेदीले २० हजार ९१७ मत पाए। नेकपा एमालेको समर्थन पाएका यादव र द्विवेदीबीच कडा प्रतिस्पर्धा देखिएको थियो।
नेपाली कांग्रेसका नेता द्विवेदीले पर्सा-१ बाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए। वाम लोकतान्त्रिक गठबन्धनमा पर्सा–१ लोसपाको भागमा परेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
