नामिबियाले दिएको १२४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।
काठमाडौँ– आर्यन दत्तले ६ विकेट र ओपनर माइकल लेभिटले अर्धशतक प्रहार गरेसँगै नेदरल्यान्ड्सले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा पहिलो जित दर्ता गरेको छ। सोमबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको हो।
योसँगै पहिलो खेलमा घरेलु टोली नेपालसँग ९ विकेटको हार बेहोरेको नेदरल्यान्ड्सले तालिकामा अंक जोडेको छ। नामिबियाले दिएको १२४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।
नेदरल्यान्ड्सका माइकलले ८१ बलमा ८ चौका र २ छक्कासहित ५७ रन बनाए। अर्का ओपनर म्याक्स ओडाउड २८ र साइब्रान्ड एंगलब्रेक्ट ६ रनमा पेभिलियन फर्किँदा बास डे लिड २१ र कप्तान स्कट एड्वार्डस ४ रनमा अविजित रहे।
नामिबियाका कप्तान ग्रेर्हाड इरास्मसले ३ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनायो।
नामिबियाका उपकप्तान जेजे स्मिथले सर्वाधिक २६ रन बनाए। उनले ४६ बलमा १ चौका र २ छक्का प्रहार गरे। रुबेन ट्रम्पलम्यान २०, जेन ग्रिन १९, बर्नार्ड स्कोल्ज १२ रनमा आउट हुँदा निकोलस डाभीन र ग्रेर्हाड इरास्मसले १३/१३ रन बनाए।
नेदरल्यान्ड्सका आर्यन दत्तले सर्वाधिक ६ विकेट लिए। ९ ओभर बलिङ गरेका उनले ३४ रन खर्चिए। काइल क्लेनले २ विकेट लिँदा रोलफ भान र म्याक्स ओडाउडको नाममा १/१ विकेट रह्यो।
नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गरेको थियो। अब नामिबियाले तेस्रो खेल बुधबार नेपालसँग खेल्ने छ। नेदरल्यान्ड्सले भने तेस्रो खेल शुक्रबार नामिबियासँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
