आठौँ संस्करणको स्वर्गीय कृष्णध्वज स्मृति टेबुल टेनिस प्रतियोगिता आगामी फागुन १३ गतेदेखि हुने भएको छ।
काठमाडौँ– आठौँ संस्करणको स्वर्गीय कृष्णध्वज स्मृति टेबुल टेनिस प्रतियोगिता आगामी फागुन १३ गतेदेखि हुने भएको छ।
आयोजक रिड टाइल्स प्रालिले प्रतियोगिता फागुन १३ देखि १५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने सोमबार जानकारी गराएको हो।
आयोजकका अनुसार प्रतियोगितामा देशभरका विद्यालय तथा कलेजहरूबाट २५० खेलाडी सहभागी हुने छन्। विद्यालयतर्फ यू१० ब्वाइज सिंगल्स, यू१० गर्ल्स सिंगल्स, यू१२ ब्वाइज सिंगल्स, यू१२ गर्ल्स सिंगल्स, यू१४ ब्वाइज सिंगल्स, यू१४ गर्ल्स सिंगल्स, यू१६ ब्वाइज र यू१६ गर्ल्स सिंगल्स गरेर ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ।
कलेजतर्फ मेन्स सिंगल्स र वुमान्स सिंगल्स गरेर दुई स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय (सेमिफाइनलमा पराजित दुवै) खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
