एमाले अध्यक्ष केपी शर्मा ओलीले असफलसिद्ध व्यक्तिलाई त्रिविको उपकुलपतिमा नियुक्त गर्न लागिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असफलसिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुन लागेको भन्दै असन्तुष्टि जनाएका छन्।
उपकुलपति छनोटमा भागबन्डा नभई एकलौटी गर्ने नयाँ तरिकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले असफलसिद्ध भइसकेका व्यक्तिलाई त्रिविको उपकुलपति बनाउन लागेको ओलीको जिकिर थियो।
सोमवार काठमाडौँमा आयोजित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडहरूको पाँचौँ राष्ट्रिय सहकारी भेलामा बोल्दै उनले तीन जना असफलसिद्ध भइसकेका व्यक्तिलाई छनोट गरेर सरकारले तीमध्ये पनि सबैभन्दा असफल तेस्रो नम्बरका व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति नियुक्त गर्लान् भन्ने अनुमान आफूले गरेको पनि बताए।
“अहिले त नयाँ तरिका निकालेको छ– भागबन्डा नगर्ने, एकलौटी गर्ने। अहिलेचाहिँ मेरिटोक्रेसीको आधारमा लिने, एउटा समिति बनाउने, छानबिन गर्ने, यताउता गर्ने। अनि, असफलसिद्ध भइसकेका मान्छेहरूको छनोट गर्ने,” उनले भने, “अहिले तीन जना सिफारिस भएको छ क्यार। तीन जनामा पनि तेस्रो नै नियुक्त होला जस्तो लाग्छ मलाई त छाँटकाँट हेर्दा।”
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ।
अध्यक्ष ओलीले वर्तमान सरकारले सत्ताका लागि जस्तोसुकै काम गर्न पनि पछि नपरेको दोहोर्याए। उनले वर्तमान सरकारले आफ्नो पार्टी सरकारमा रहेका बेला बसालेको लोकतान्त्रिक थिति पनि भत्काउँदै गएको आरोपसमेत लगाए।
उनले नेपाल जस्तो देशको विकासका लागि सहकारी अपरिहार्य रहेको उल्लेख गर्दै त्यसलाई बदनाम हुन नदिन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
