बागलुङ–२ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी

देवेन्द्र पौडेलले नेकपा एमालेकी मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गरेका छन्।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ–२ बाट नेकपा माओवादीका देवेन्द्र पौडेल विजयी भएका छन्।

माओवादी केन्द्रका सचिव एवं शिक्षामन्त्री पौडेलले नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गरेका हुन्।

पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यान निर्वाचित भएका हुन्। पौडेल २४ हजार ७७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जुले २० हजार १८० मत पाइन्।

२०७४ सालको निर्वाचनमा पौडेलले २८ हजार ८२७ मत ल्याएर निर्वाचित भएका थिए।