नेपालले बडोदा र गुजरातसँग टी२० त्रिकोणात्मक शृंखला खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको बडोदा र गुजरातसँग फ्रन्डसिप कप टी२० प्रतियोगिता खेल्ने भएको छ।

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको बडोदा र गुजरातसँग फ्रन्डसिप कप टी२० प्रतियोगिता खेल्ने भएको छ। नेपालले मार्च–अप्रिलमा बडोदा र गुजरातसँग टी–२० त्रिकोणात्मक शृंखला खेल्ने भएको हो।

नेपाल किक्रेट संघ (क्यान)ले सोमबार खेलतालिका सार्वजनिक गर्दै यसबारेमा जानकारी दिएको छ। खेल गुजरातको भापीमा आयोजना हुने छ।

तालिकाअनुसार नेपालले पहिलो खेल मार्च ३१ मा गुजरातसँग खेल्ने छ। दोस्रो दिन अप्रिल १ मा गुजरात र बडोदा खेल्ने छन् भने तेस्रो दिन अप्रिल २ मा नेपालले बडोदाको सामना गर्ने छ।

अप्रिल ३ मा फेरि गुजरात र नेपालबीच प्रतिस्पर्धा हुने छ भने अप्रिल ४ मा बरोडा र गुजरात खेल हुने छ। अप्रिल ५ मा नेपाल र बरोडाबीचको खेलपछि ७ अप्रिलमा फाइनल खेल हुने छ।