दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

काठमाडौँ– दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

यही फागुन ४ गते बझाङ जिल्लाको पाराकाट्ने केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।