आउँदो वर्ष चिकित्सा क्षेत्रमा कोटा थप गर्ने सरकारको योजनाको विरोधमा चिकित्सकहरूले राजीनामा बुझाएका हुन्।
भर्ना वृद्धिको विरोधमा ६ हजार ४०० भन्दा धेरै दक्षिण कोरियाली प्रशिक्षार्थी चिकित्सकले राजीनामा दिएका छन्।
दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै मेडिकल विद्यार्थीहरूको संख्या बढाउने सरकारको योजनाको विरोधमा १०० अस्पतालमा कार्यरत जम्मा ६ हजार ४१४ विद्यार्थीले आफ्नो राजीनामा बुझाएको जनाएको छ। जसमध्ये करिब एक हजार ६०० ले जागिर नै छोडेका छन्। दक्षिण कोरियामा करिब १३ हजार प्रशिक्षार्थी चिकित्सक छन्।
एकाएक चिकित्सकहरूले यसरी राजीनामा दिएपछि अस्पतालहरुलाई काम गर्न समस्या परेको छ। यहीबीच उपस्वास्थ्य मन्त्री पार्क मिनसुले चिकित्सकहरूलाई काममा फर्किन आग्रह गरेका छन्। काममा नफर्किए कारबाही गरिने चेतावनी पनि दिइएको छ।
आउँदो वर्ष चिकित्सा क्षेत्रमा दुई हजार कोटा थप गर्ने सरकारको योजनाको विरोधमा चिकित्सकहरूले राजीनामा बुझाएका हुन्। दक्षिण कोरियाले विकसित देशहरूमध्ये सबैभन्दा कम चिकित्सक र जनसंख्याको अनुपात रहेको बताएको छ र सरकारले डाक्टरहरूको संख्या बढाउन कडा प्रयास गरिरहेको छ।
तर चिकित्सकहरूले मेडिकल कलेजमा भर्ना दर बढाउने सरकारको नयाँ योजनाको चर्को विरोध गर्दै यसले सेवा प्रवाहको गुणस्तरमा असर पार्ने दाबी गरेका छन्। आलोचकहरूका अनुसार चिकित्सकहरू मुख्यतया सुधारले उनीहरूको तलब र सामाजिक स्थितिलाई खस्कन सक्ने चिन्तामा छन्।
सोमबार सरकारले कानूनी कारबाहीको चेतावनी दिए पनि मंगलबार हजाराैँ प्रशिक्षार्थी चिकित्सकले राजीनामा दिएका हुन्। उनीहरू काममा गएका छैनन्।
दक्षिण कोरियाको चिकित्सा कानूनअनुसार अत्यावश्यक सेवामा रहेको मानिएका चिकित्सकलाई सामूहिक विरोध वा प्रदर्शन गर्न रोक लगाइएको छ। उपस्वास्थ्य मन्त्री पार्क मिनसुले चिकित्सकहरू हडतालमा सामेल भए/नभएको जाँच्न सरकारले अस्पतालहरूको निरीक्षण गर्ने बताएका छन्।
प्रहरीले मुख्यतया काम रोक्न ‘उक्साउनेहरू’लाई पक्राउ गर्न सक्ने चेतावनी दिएको छ।
प्रशिक्षण सुधारले सन् २०२५ देखि मेडिकल विद्यालयहरूमा भर्ना हुने विद्यार्थीहरूको सङ्ख्यामा ६५ प्रतिशतले वृद्धि गर्न आह्वान गरेको छ।
यो योजना जनतामाझ लोकप्रिय छ। विशेषज्ञहरू भन्छन्, “अस्पतालहरूमा लामो समय चिकित्सकको प्रतीक्षा गर्ने समस्याबाट थकित छन्। हालै कोरियन ग्यालप सर्वेक्षणले ७५ प्रतिशत भन्दा बढी उत्तरदाताहरूले राजनीतिक सम्बद्धताको परवाह नगरी योजनाको पक्षमा उभिएका देखाएको छ।
तर कोरियाली मेडिकल एसोसिएसनले सरकारको कानूनी कारबाहीको चेतावनी ‘बोक्सीको शिकार’ सरह भएको र यो योजनाले ‘क्युबाली शैलीको समाजवादी चिकित्सा प्रणाली’ निर्माण गर्ने दाबी गरेको छ भने चिकित्सकहरूले पनि यसको चर्को विरोध गरेका छन्।
उपमन्त्री पार्कले दक्षिण कोरियाको पाको उमेरको तीव्र वृद्धि रहेको समाजमा यो योजना आवश्यक रहेको र हालको कोटा कायमै रहेमा चिकित्सकहरू ‘तीव्र मागका साथ अभिभूत’ हुने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
