अर्धठोस अवस्थामा रहेको ८५५ ग्राम सुनसहित १ भारतीय नागरिक पक्राउ

दुबईबाट आएका ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई प्रहरीले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

फाइल तस्वीर

काठमाडाैँ– अर्धठोस अवस्थामा रहेको ८५५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ भारतीय नागरिक पक्राउ परेका छन्।

फ्लाई दुबईको उडानमार्फत दुबईबाट काठमाडौँ आएका ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर सोमबार राति पक्राउ परेका हुन्। विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलेर लैजान लागेको उक्त वस्तुसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ।