नेप्से सामान्य अंकले घट्यो, ३ अर्बको कारोबार

बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिनलाइफ हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य गिरावट देखिएको छ। परिसूचक १.७६ अंकले घटेर २०३३.०६ को विन्दुमा कायम भएको हो।

३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता शेयर ७६ हजार ८०३ पटक खरिदबिक्री हुँदा तीन अर्ब ११ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

विकास बैंक समूहको उपसूचक ०.२५, वित्त समूह ०.७२, लगानी समूह ०.१८, उत्पादन तथा प्रशोधन समूह ०.७१ र अन्य समूह १.१० प्रतिशतले बढेका छन्। अरू सबै समूहको उपसूचक घटेको छ। 

बैंकिङ समूह ०.४२, होटल तथा पर्यटन समूह ०.१८, जलविद्युत् समूह ०.३१, जीवन बीमा समूह ०.४१, लघुवित्त ०.७४, म्युचुअल फन्ड ०.०५, निर्जीवन बीमा समूह ०.०३ र व्यापार समूह ०.३५ प्रतिशतले घटेको छ। 

बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३१ करोड ७३ लाख ७० हजार ९९८ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको पाँच लाख २९ हजार ७३१ कित्ता शेयर किनबेच भएको छ।