क्यानडा ११ ले दिएको २४१ रनको लक्ष्य नेपाल ‘ए’ले २ विकेट बाँकी छँदै ४९.१ ओभरमा पूरा गरेको हो। नेपाल ‘ए’का लागि सन्दीप जोराले सर्वाधिक ६६ रन बनाए।
काठमाडौँ– सन्दीप जोरा र बसिर अहमतले अर्धशतक प्रहार गरेसँगै क्यानडा ११ विरुद्धको एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ २ विकेटले विजयी भएको छ। पहिलो खेलमा क्यानडा ११ सँग नेपाल ‘ए’ ४ विकेटले पराजित भएको थियो।
क्यानडा ११ ले दिएको २४१ रनको लक्ष्य नेपाल ‘ए’ले २ विकेट बाँकी छँदै ४९.१ ओभरमा पूरा गरेको हो। नेपाल ‘ए’का लागि सन्दीप जोराले सर्वाधिक ६६ रन बनाए। उनले ७४ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
बसिर अहमदले ७३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५२ रनको योगदान दिए। रशिद खान ४७, अर्जुन कुमालले ४० र किरन ठगुन्नाले १३ रन जोडे।
क्यानडा ११ का लागि अम्मर खालिद, शाहिद अहमद्जी, निखिल दत्तले समान २/२ विकेट लिँदा साद जफर र हर्श थाकेरको नाममा समान १/१ विकेट रह्यो।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा ११ ले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनायो।
क्यानडा ११ का लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रन जोडे। उनले ८२ बलमा ५ चौका प्रहार गरे। त्यस्तै, नवनीत दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रन बनाउँदा डिलोन हेलिगरले १६ रन जोडे।
नेपालका लागि साहब आलमले ३ विकेट लिए भने शेर मल्ल र रासिद खानले समान २/२ विकेट लिए। त्यसैगरी, सागर ढकाल र बसिर अहमदका नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
