सत्तारुढ दल नेपाली कांग्रेस महामन्त्री थापाले संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुनर्स्थापित गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आवधिक निर्वाचनपूर्व गठबन्धन गर्नु नहुने प्रस्ताव गरेका छन्। मंगलबार महासमितिको बैठकमा सांगठनिक प्रतिवेदन पेश गर्दै महामन्त्री थापाले आगामी आवधिक निर्वाचनपूर्व गठबन्धन गर्न नहुने प्रस्ताव अघि सारेका हुन्।
उनले महासमिति बैठकले भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने संकल्प गर्नुपर्ने बताए। मतदातालाई नेपाली कांग्रेसको चुनावचिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
“नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्नेछौँ। र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनावचिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ,” उनले भने।
उनले संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुनर्स्थापित गर्नुपर्नेमा जोड दिए।
उनले विगतमा पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकोले सो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरूसँगको सम्झौताबमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्नेमा पनि कांग्रेस सचेत रहेको उल्लेख गरे। उनले महासमिति बैठकमा २० बुँदे सांगठनिक सुधारको कार्ययोजनासमेत प्रस्तुत गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
