अल्जेरियाले तयार गरेको प्रस्तावमा गाजामा तत्काल मानवीय युद्धविरामको माग गरिएको छ। अमेरिकाले अल्जेरियाको प्रस्ताव स्वीकार्य नभएको भन्दै ‘भिटो’ प्रयोग गर्ने धम्की दिएको छ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले मंगलबार गाजामा तत्काल युद्धविरामको आह्वान गर्न नयाँ प्रस्तावको मस्यौदामा मतदान गर्दै छ।
यस सन्दर्भमा अमेरिकाको तेस्रो ‘भिटो’को खतरा हुँदाहुँदै पनि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले मानवीयता रक्षाका लागि यो प्रक्रिया गरिरहेको दाबी गरिरहेको छ।
अल्जेरियाले तयार गरेको दस्ताबेजमा गाजामा तत्काल मानवीय युद्धविरामको माग गरिएको छ।
इजरायलले दक्षिणी गाजा पट्टीको शहर रफाहमा सर्ने तयारी गरिरहेको बेला मतदान हुन लागेको हो। उसलाई आक्रमण रोक्नका लागि चौतर्फी दबाब बढिरहेको छ।
प्रस्ताव मस्यौदामा प्यालेस्टिनी नागरिकको कारुणिक विस्थापन तथा गैरमानवीय कार्यको विरोध गरिएको छ भने सबै हमास बन्धकको रिहाइको माग पनि गरिरहेको छ।
अमेरिका र इजरायलले अस्वीकार गरेका अघिल्ला प्रस्तावजस्तै नयाँ प्रस्तावले भने हमासको अक्टोबर ७ मा गरिएको आक्रमणको निन्दा गर्दैन।
एएफपीका अनुसार अचानक हमासको आक्रमणमा दक्षिणी इजरायलमा लगभग १ हजार १६० जनाको ज्यान गएको थियो। जसमा अधिकांश निहत्था नागरिक रहेका थिए।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार इजरायलको जवाफी अभियानमा महिला तथा बालबालिकासहित गाजामा २९ हजारभन्दा बढी मानिस मारिएका छन्।
अमेरिकाले अल्जेरियाको प्रस्ताव स्वीकार्य नभएको चेतावनी दिँदै यसलाई ‘भिटो’ प्रयोग गर्ने धम्की दिएको छ।
परिषद्को कार्यले परिस्थितिजन्य मद्दत गर्ने विषयमा विश्वास नगर्ने संयुक्त राष्ट्रसंघका लागि अमेरिकी उपराजदूत रोबर्ट वुडले सोमबार बताए। उनले प्रस्ताव मतदानमा आएमा अगाडि नबढ्ने उल्लेख गरे।
वुडका अनुसार युद्धविराम प्रस्ताव पारित भएपछि जारी नाजुक कूटनीतिक वार्ताले गाजाबाट बन्धकहरूको रिहाइ प्रक्रियालाई खतरामा पार्नेछ।
अमेरिकाले यसको सट्टा वैकल्पिक मस्यौदा प्रस्तुत गर्ने एएफपीले सोमबार उल्लेख गरेको छ। यसअघि अमेरिकाले युद्धविराम शब्दको बेवास्ता गर्दै अक्टोबर–डिसेम्बरमा दुई ड्राफ्टमाथि भिटो प्रयोग गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
