मधेशसहित पहाडी भूभागमा वर्षाको सम्भावना

राति, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

मधेशसहित पहाडी भूभागमा वर्षाको सम्भावना  

काठमाडौँ नेपालमा पश्चिमी निम्नचापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण मधेश र बागमतीमा साधारणतया बदली रहेको छ।

गण्डकीको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेशलगायत पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनेछ। 

राति, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ।