पर्सा-२ बाट कांग्रेसका अजय चौरसिया विजयी

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौरसियाले २८ हजार ४५१ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी कुर्मीले २२ हजार ४४५ मत प्राप्त गरे। 

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा-१ बाट नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसिया विजयी भएका छन्।

उनले जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ मतान्तरले पराजित गरेका हुन्। 

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौरसियाले २८ हजार ४५१ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी कुर्मीले २२ हजार ४४५ मत प्राप्त गरे। 

२०७४ को निर्वाचनमा चौरसिया सोही क्षेत्रबाट निर्वाचन लडेका थिए। उनी तत्कालीन संघीय समाजवादी पार्टीका उम्मेदवार विमलप्रसाद श्रीवास्तवसँग पराजित भएका थिए।