विशेष अदालतको फैसलासँगै ललितानिवास क्षेत्रको जग्गा सरकारी भएकाले व्यक्ति, कम्पनी तथा संघसंस्थालाई उक्त क्षेत्रबाट हट्न महानगरले अनुरोध गरेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ४ नम्बर वडामा रहेको ललितानिवास क्षेत्रबाट हट्न व्यक्ति, कम्पनी र संघसंस्थालाई अनुरोध गरेको छ।
बुधबार सार्वजनिक सूचना जारी गर्दै महानगरले ललितानिवास क्षेत्रको सरकारी जग्गा सात दिनभित्र खाली गर्न आग्रह गरेको हो।
“सात दिनभित्र उक्त ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरू सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ।
विशेष अदालत, काठमाडौँबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजासमेत १७५ जना भएको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दामा फागुन ३ गते भएको फैसलाले ललितानिवास क्षेत्रको जग्गा जफत (सरकारी) भएकोसमेत महानगरले जनाएको छ।
तोकिएको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानूनबमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिनेसमेत सूचनामा उल्लेख छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
