नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले नामिबियासँगको खेलमा एक परिवर्तन गरेका छन्। उनले गुल्शनकुमार झाको स्थानमा करण केसीलाई टोलीमा समेटेका छन्।
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान ग्रेरार्ड एरास्मसले टस जित्दै बलिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले नामिबियासँगको खेलमा एक परिवर्तन गरेका छन्। उनले गुल्शनकुमार झाको स्थानमा करण केसीलाई टोलीमा समेटेका छन्।
पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। यस्तै, नेपालले दोस्रो खेलमा उत्कृष्ट कम्ब्याक गर्दै नेदरल्यान्ड्समाथि ९ विकेटको जित हासिल गरेको थियो।
त्रिकोणात्मक ओडीआई शृङ्खलामा तीनै टोलीले २–२ खेल खेलेका छन्। हालसम्म सबै टोलीले समान एक जित र एक खेलमा हार बेहोरेका छन्। नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ। त्यसपछि क्रमशः नामिबिया र नेदरल्यान्ड्स छन्।
नेपालको प्लेइङ-११
रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, करण केसी, भीम सार्की, सोमपाल कामी, ललित राजवंशी र अनिलकुमार शाह, देव खनाल, दिपेन्द्रसिंह ऐरी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
