परिस्थिति र आवश्यकताका आधारमा निषेधाज्ञालाई खुकुलो खुकुलो बनाउँदै लगिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए। अहिले वीरगन्जको अवस्था सामान्य छ।
वीरगन्ज– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ।
जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा बुधबार बिहान ६ देखि ११ बजेसम्म खुला गरेको छ। सर्वसाधारणको सहजताका लागि ११ बजेसम्मका लागि खुला गरिएको र अवस्थाको आकलन गरी निषेधाज्ञा थप खुकुलो बनाउँदै जाने नीति लिइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए।
मुलुकको आर्थिक नगर र स्थानीय सर्वसाधारणको दैनिकीलाई प्रभाव नपरोस् भनेर निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको उनको भनाइ छ। परिस्थिति र आवश्यकताका आधारमा निषेधाज्ञालाई खुकुलो बनाउने उनले बताए। अहिले वीरगन्जको अवस्था सामान्य छ।
रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुईपक्षबीच भएको झडपको विरोधमा हिन्दु समाजले गत सोमबार वीरगन्जमा निकालेको प्रदर्शनका क्रममा झडपको स्थिति सिर्जना भएपछि प्रशासनले सोमबार साँझदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
