टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको छ। नेपालका आशिफ शेखले ६४ बलमा ८ चौका र १ छक्कासहित ५८ रन बनाए।
काठमाडौँ– ओपनर आशिफ शेखको अर्धशतकमा घरेलु टोली नेपालले आईसीसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत तेस्रो खेलमा नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको हो। नेपालका लागि ओपनर आशिफ शेखले ५८ रन बनाए। भीम सार्कीले २६ रन बनाउँदा ६ बल खेलेका ललितनारायण राजवंशी अविजित रहे।
नेपालले राम्रो शुरूआत गरेको थियो। तर, सातौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल १८ रनमा बर्नार्ड स्कोल्जबाट एलबीडब्यू आउट भए। पहिलो विकेटका लागि भुर्तेल र आशिफ शेखले ३८ रनको साझेदारी गरेका थिए। त्यसपछि थप पाँच रन बनाउन नेपालले दुई विकेट खर्चियो। लगत्तै क्रिजमा आएका अनिलकुमार साह २ बल खेल्दै स्क्वायर लेगमा ग्रेरार्ड एरास्मसबाट क्याच आउट भए। आठौँ ओभरको अन्तिम बलमा देव खनाल आउट साइड एज लागेर विकेटकिपर जेन ग्रिनबाट डकआउट भए।
पाचौँ विकेटका लागि कुशल मल्ल र आशिफबीच ५७ रनको साझेदारी भएको थियो। तर, ६४ बलमा ८ चौका र १ छक्कासहित ५८ रन बनाएर खेलिरहँदा आशिफ स्कोल्जबाट एलबीडब्यू आउट भए।
उनको यो १२औँ अर्धशतक हो। स्कोर बोर्डमा थप १० रन थपिँदा कप्तान रोहितकुमार पौडेल निकोल लोफ्टि-इटनबाटको बलमा डक आउट भए।
५२ बलमा १ चौका र ३ छक्कासहित ३६ रन बनाएर खेलिरहेका कुशल मल्ल पनि २४औँ ओभरको दोस्रो बलमा ज्याक ब्रेसलबाट क्याच आउट भए।
६ रन बनाएर खेलिरहेका दीपेन्द्रसिंह ऐरी इटनको बललाई अगाडि बढेर खेल्न खोज्दा ग्रिनबाट स्टम्पिङ भए। उनले सातौँ विकेटका लागि भीम सार्कीसँग २७ रनको साझेदारी गरे।
त्यसपछि क्रिजमा आएका सोमपाल कामी कभरमा निकोलस डाभीनबाट क्याच आउट भए। ३५औँ ओभरको अन्तिम बलमा भीम स्कोल्जको बलमा बोल्ड भए।
भीमले ३६ बलमा ३ चौकासहित २६ रन बनाए। ३८औँ ओभरको पहिलो बलमा करण केसी डीप कभरमा माइकल भान लिंगेनबाट क्याच आउट भए। उनले १२ बलमा १ चौका र १ छक्कासहित १२ रन बनाए।
नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले ४/४ विकेट लिए। ज्याक ब्रेसल र ग्रेरार्ड एरास्मसको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
