चौरपाटी गाउँपालिका–५ लुंग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेर जिप दुर्घटना भएको छ।
अछाम– अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
चौरपाटी गाउँपालिका–५ लुंग्रास्थित आमरुख नजिक बुधबार जिप दुर्घटना भएको हो। से१ज ४२९ नंको जिप लुंग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते डोटीको पूर्वीचौकी गाउँपालिका–४ का राजेन्द्र खड्काका डेढ वर्षका छोरा ईशान खड्काको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए।
घाइते १४ जनाको बयालपाटा अस्पतालमा उपचारको भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
