पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको थियो। जितसँगै ३ खेलबाट ४ अंक जोडेको नामिबिया तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
काठमाडाैँ– नामिबियाले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा घरेलु टोली नेपालविरुद्धको दुवै खेलमा जित हासिल गरेको छ। बुधबार सम्पन्न खेलमा कप्तान ग्रेरार्ड एरास्मसले अलराउन्ड प्रदर्शन गरेसँगै नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो। पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको थियो। जितसँगै ३ खेलबाट ४ अंक जोडेको नामिबिया तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन बनायो। नामिबियाका कप्तान एरास्मसले ५२ रन बनाउँदा जेजे स्मिथ ३४ र बर्नार्ड स्कोल्ज ८ रनमा अविजित रहे।
नामिबियाले पहिलो विकेट १० रन बनाउँदा नै खर्चेको थियो। निकोलस डाभीन र जेपी कोट्जेबीच 'कम्युनिकेसन' नमिल्दा त्यसको फाइदा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले उठाए। उनीहरूले डाभीनलाई ८ रनमा रन आउट गराए। थप ७ रन जोड्दा नामिबियाले दोस्रो विकेट गुमायो। ओपनर जेपी ३ रन बनाउँदै रोहितकुमार पौडेलको बलमा बोल्ड भए।
त्यसपछि माइकल भान लिंगेन र कप्तान ग्रेरार्ड एरास्मसले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गर्दै इनिंस उकासे।
माइकल १३औँ ओभरको पहिलो बलमा आशिफ शेखबाट स्टम्पिङ भए। जान फ्रिलिंक ४ रनमा दीपेन्द्रबाट एलबीडब्ल्यू आउट हुँदा नामिबिया १७.३ ओभरमा ४-८६ को स्थितिमा थियो।
एरास्मस ५६ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५२ रनमा डिप मिड विकेटमा करण केसीबाट क्याच आउट भए। उनको यो १३औँ अर्धशतक हो। निकोल लोफ्टि-इटनलाई कुशल भुर्तेलले ५ रनमा कट बिहान्ड आउट गरे। जेन ग्रिन ६ रनमा ललितनारायण राजवंशीबाट बोल्ड हुँदा रुबेन ट्रम्पलम्यान १२ बलमा १६ रन बनाउँदै देव खनालबाट डिप कभरमा क्याच आउट भए।
नेपालका कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए। ५ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए। दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र कुशल मल्लले १/१ विकेट लिए।
नेपालको १६८ रन
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो। नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५८ रन बनाए। भीम सार्कीले २६ रन बनाउँदा ६ बल खेलेका ललितनारायण राजवंशी अविजित रहे।
नेपालले राम्रो शुरूआत गरेको थियो। तर सातौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल १८ रनमा बर्नार्ड स्कोल्जबाट एलबीडब्ल्यू आउट भए। पहिलो विकेटका लागि भुर्तेल र आशिफ शेखले ३८ रनको साझेदारी गरेका थिए। त्यसपछि थप पाँच रन बनाउन नेपालले दुई विकेट खर्चियो। लगत्तै कृजमा आएका अनिलकुमार साह २ बल खेल्दै स्क्वायर लेगमा ग्रेरार्ड एरास्मसबाट क्याच आउट भए। आठौँ ओभरको अन्तिम बलमा देव खनाल आउट साइड एज लागेर विकेटकिपर जेन ग्रिनबाट डक आउट भए।
पाचौँ विकेटका लागि कुशल मल्ल र आशिफबीच ५७ रनको साझेदारी भएको थियो। तर, ६४ बलमा ८ चौका र १ छक्कासहित ५८ रन बनाएर खेलिरहँदा आशिफ स्कोल्जबाट एलबीडब्ल्यू आउट भए।
उनको यो १२औँ अर्धशतक हो। स्कोर बोर्डमा थप १० रन थपिँदा कप्तान रोहितकुमार पौडेल निकोल लोफ्टि-इटनबाटको बलमा डक आउट भए।
५२ बलमा १ चौका र ३ छक्कासहित ३६ रन बनाएर खेलिरहेका कुशल मल्ल पनि २४औँ ओभरको दोस्रो बलमा ज्याक ब्रेसलबाट क्याच आउट भए।
६ रन बनाएर खेलिरहेका दीपेन्द्रसिंह ऐरी इटनको बललाई अगाडि बढेर खेल्न खोज्दा ग्रिनबाट स्टम्पिङ भए। उनले सातौँ विकेटका लागि भीम सार्कीसँग २७ रनको साझेदारी गरे।
त्यसपछि क्रिजमा आएका सोमपाल कामी कभरमा निकोलस डाभीनबाट क्याच आउट भए। ३५औँ ओभरको अन्तिम बलमा भीम स्कोल्जको बलमा बोल्ड भए।
भीमले ३६ बलमा ३ चौकासहित २६ रन बनाए। ३८औँ ओभरको पहिलो बलमा करण केसी डीप कभरमा माइकल भान लिंगेनबाट क्याच आउट भए। उनले १२ बलमा १ चौका र १ छक्कासहित १२ रन बनाए।
नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले ४र४ विकेट लिए। ज्याक ब्रेसल र ग्रेरार्ड एरास्मसको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
