विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौँ आएका लघुवित्त पीडितहरूले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन्।
काठमाडाैँ– देशभरका लघुवित्त पीडितहरूले बालुवाटारमा प्रदर्शन गरेका छन्। विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौँ आएका लघुवित्त पीडितहरूले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन्।

उनीहरूले लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको ब्यानरमा प्रदर्शन गरेका हुन्। पीडितहरूले न्याय नपाएको भन्दै काठमाडौँ आएर प्रदर्शन शुरू गरेका हुन्। लघुवित्त पीडितहरूले लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट न्याय पाउनको लागि काठमाडौँ केन्द्रित आन्दोलन शुरू गरेको बताउँदै आएका छन्।

बुधबार देशभरका लघुवित्त तथा वित्तीय पीडितले काठमाडौँको गौशालाबाट करिब ३ हजार पीडितहरू जम्मा भएर बालुवाटार पुगेर प्रदर्शन गरेको बताएका छन्। पीडितहरू गौशालाबाट कालोपुल हुँदै बालुटारसम्म पुगेका थिए। सरकारले समिति बनाएर केही काम नगरेको भन्दै उनीहरूले पुनः सरकारलाई झक्झकाउन काठमाडौँ आउनुपरेको बताए।

पीडितहरूले हाम्रो माग पूरा गर, राष्ट्र बैंकका गभर्नर राजीनामा दे, लघुवित्त ऋण मिनाहा गर, दिदीबहिनी ठग्न पाइँदैन, धितो लिलाम फुकुवा गर, वित्तीय संस्था खारेज गर, वित्तीय आतंक बन्द गर जस्ता नारा लगाएका थिए।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
