पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरू विदेश पलायन भइरहेको पनि बताए।
काठमाडाैँ– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफ्नो पार्टी नै यस गठबन्धनप्रति सन्तुष्ट नभएको उल्लेख गरे।
बुधबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गर्दै गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए।
देशले नयाँ कोर्सको माग गरिरहेको उनको भनाइ छ। उनले देशका आम जनता र राष्ट्रका मागहरूलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका तथा नीति कार्यक्रमका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गरे। उनले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको भन्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनतालाई छुन नसकेको बताए।
"हामी निमित्तमा सहभागी छौँ। तर यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन। यसमा हाम्रो वृहत् असन्तुष्टि छ," उनले भने, "मुलुकको अर्थतन्त्र हेर्नुभयो भने त्यस्तै संकटपूर्ण छ। देश वि.सं. १९९५ तिरको डाटा हेर्नुभयो भने त्यतिबेला नेपालको जीडीपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गर्दथ्यो, अहिले ५ प्रतिशत भन्दा कम भएको छ। नेपाल अनुद्योगीतर्फ गइरहेको छ।"
पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरू विदेश पलायन भइरहेको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
