प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएर जनदबाबका कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।
काठमाडाैँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राप्रपाका मागलाई सरकारले उपेक्षा गरे विद्रोहमा परिणत हुने चेतावनी दिएका छन्।
बुधबार सिंहदरबारमा प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएर जनदबाबका कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। औपचारिक रूपमा जनदबाबका कार्यक्रम शुरू गरेको उनले बताए।
उक्त ज्ञापनपत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरिएको छ। उनले देश धेरै नै बिग्रिसकेको बताउँदै अब यही अवस्थामा रहिरहन नसक्ने जिकिर गरे। देशलाई नवीन सम्झौता गरेर अघि बढाउन आवश्यक रहेको भन्दै सबैले स्थान पाउने गरी अघि बढ्न ज्ञापनपत्रमा सुझाव दिएको पनि उनको भनाइ छ।
राप्रपाले अभिभावकीय संस्थाको रूपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र हुनुपर्ने माग गरेको छ। धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौति गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने लगायत माग अघि सारिएको उनले बताए।
उनका अनुसार ललितानिवास जग्गा प्रकरण, सुन काण्ड, नक्कली भूटानी शरणार्थी प्रकरण, वाइडबडी लगायतका भ्रष्टाचार प्रकरणमा पुनः र पूर्ण छानबिन गर्न माग गरिएको छ। राप्रपाका मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको अध्यक्ष लिङ्देनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
