आगलागीबाट कच्चा पदार्थसहित तीन वटा पुराना मेसिनहरू जलेर नष्ट भएका छन्। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडाैँ– विराटनगर जुट मिलमा मंगलबार राति लागेको आगोले २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। जुट मिलमा मंगलबार राति भएको आगलागीबाट मेसिनरी सामग्री र जुटका कच्चा पदार्थ जलेर नष्ट भएका छन्।
आगलागीमा २० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। जुट मिलमा लागेको आगो नियोजित रूपमा लगाइएको स्थानीयले आरोप लगाएका छन्। विराटनगर महानगरपालिका–१६ मा रहेको जुट मिल २०७८ माघदेखि बन्द अवस्थामा रहेको छ।
मिलका सुरक्षा कमाण्डर पप्पु सुब्बाका अनुसार जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी शुरू भएको थियो। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै जुट मिल चलाउने घोषणा गरेसँगै विदेशी कम्पनीहरू समेत निरीक्षण गरेर गएको बताए।
सरकारले आगामी वैशाखबाट मिल पुनःसंरचना गर्ने भनेकाले मिल चल्न नदिने तत्त्वहरूले आगलागी गराएको आशंका रहेको उनको भनाइ छ। उनले घटनाको प्रकृति हेर्दा नियोजित ढंगले आगो लगाइएको प्रष्ट हुने बताए।
विराटनगर महानगरपालिका वडा नम्बर नं.१६ का वडाध्यक्ष उद्धव भुजेलले जुट मिलको चारैतिर खुला भएकाले चोरी गर्न आउनेले चुरोट खाएर फाल्दा आगो लागेको अनुमान गर्न सकिने बताए। लागुऔषध सेवनकर्ता तथा चोरीचकारीमा संलग्नहरूले आगजनी गरेको हुनसक्ने आशंका रहेको वडाध्यक्षको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता रञ्जन दाहालले राति ९ बजेट आगलागी भएको खबर आएसँगै तत्काल प्रहरी टोली गएर आगो नियन्त्रणमा लागेको बताए। उनकाअनुसार आगलागीबाट कच्चा पदार्थसहित तीन वटा पुराना मेसिनहरू जलेर नष्ट भएका छन्।
आगलागीमा २० लाख रुपैयाँ बराबरको क्षति भएको र आगलागीको कारण खुलिनसकेको उनले बताए। "लामो समयदेखि बन्द रहेको उद्योगमा विद्युत् आपूर्तिसमेत लामो समयदेखि ठप्प भएका कारण सट–सर्किट भएर आगलागी हुनसक्ने सम्भावना छैन। त्यसैले आगो कसरी लाग्यो भन्ने सम्बन्धमा अनुसन्धानको काम भइरहेको छ।"
प्रहरीकाअनुसार बन्द अवस्थामा रहेको जुटमा अचानक आगलागी हुनुले घटना शंकास्पद देखिएकाले त्यसको आधारमा पनि प्रहरीले अनुसन्धान गर्ने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
