झापा-५ बाट केपी ओली फराकिलो मतान्तरले विजयी

झापा-५बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २८ हजार ५७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओली निर्वाचित भएका छन्।

नेकपा एमालेका अध्यक्ष ओली २८ हजार ५७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्ष ओलीले ५२ हजार ३१५ मत ल्याए।

उनका निकटतम प्रतिस्पर्धी वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाए।

ओलीको यो छैटौँ जित हो। यसअघि २०४८, २०५१, २०५६, २०७०, २०७४ को निर्वाचनमा पनि उनी यही क्षे‍त्रबाट निर्वाचित भएका थिए।

यो क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता रहेकोमा ९८ हजार ६३१ मत खसेको थियो। जसमध्ये ५ हजार ११७ मत बदर भएको थियो।