कर्मपथमा अघि बढ्दै जाँदा अनेक चुनौती र हण्डर खाए पनि टेस्ला निरन्तर अघि बढिरहे, यो साहस नै उनको सफलताको कडी हो। यो उपन्यास कुनै पनि आविष्कार वा नयाँ काम गर्न खोज्नेलाई उत्साह भर्ने खालको छ।
काठमाडौँ– प्रसिद्ध वैज्ञानिक तथा विद्युत् अभियन्ता निकोला टेस्लाको रहस्यमय जीवनमा आधारित उपन्यास ‘निकोला टेस्ला’को नेपाली संस्करण बजारमा आएको छ।
भ्लादिमिर पिस्तालोले लेखेको उपन्यासको नेपाली अनुवाद विमलकुमार सुवेदीले गरेका हुन्। पुस्तक वी रिडले हालै प्रकाशनमा ल्याएको हो।
टेस्लाको जीवनी आफैँमा रोमाञ्चक उपन्यासजस्तै छ। उनी सर्वसाधारणले कल्पना गर्नसम्म नसक्ने कुरा सम्भव गराउन सक्थे। उनको शरीर नै मानिसका लागि विचित्रको थियो, जहाँ लाखौँ भोल्टको विद्युत् शक्तिको प्रवाह गराउन सक्थे।
एक कट्टर धार्मिक पुजारीको सन्तान भएर पनि उनले विज्ञानको अन्वेषण र अनुसन्धानको बाटो रोजे। टेस्लाले विवाह गरेनन्। उनको निधन सन् १९४३ मा न्युयोर्कस्थित एक होटलको कोठामा भयो। बेलग्रेडमा निकोला टेस्ला संग्रहालय सञ्चालनमा छ, जहाँ बर्सेनि हजारौँ मानिस अवलोकनका लागि पुग्ने गर्छन्।
यो उपन्यास कुनै पनि आविष्कार वा नयाँ काम गर्न खोज्नेलाई उत्साह भर्ने खालको रहेको वी रिडले जनाएको छ। कर्मपथमा अघि बढ्दै जाँदा अनेक चुनौती र हण्डर खाए पनि टेस्ला निरन्तर अघि बढिरहे, यो साहस नै उनको सफलताको कडी हो।
यसमा मूल लेखकले पश्चिमी दर्शन, साहित्य र ग्रिक मिथकका प्रसंगहरू उपन्यासमा ल्याएका छन्। पाठकले सजिलै बुझुन् भनेर त्यस्ता प्रासंगिक शब्दको परिचय राखेर अझ सरल बनाइएको छ। अनुवादको भाषा सरल र शिष्ट रहेको वी रिडले जनाएको छ। ५२७ पृष्ठ रहेको पुस्तकको मूल्य १०५० रुपैयाँ राखिएको छ।
आधुनिक ‘अल्टरनेटिङ करेन्ट’ (एसी) प्रणालीमा टेस्लाको महत्त्वपूर्ण योगदान छ। उनको जन्म सन् १८५६ मा अस्ट्रियामा भएको थियो। सन् १८८४ मा आविष्कारक थोमस अल्वा एडिसनसँग काम गर्न अमेरिका पुगेका थिए। विद्युत् प्रसारणका लागि एसी वा ‘डाइरेक्ट करेन्ट’ (डीसी) कुन प्रणाली स्थापित गर्ने भन्ने विषयमा अमेरिकी इन्जिनियर तथा व्यवसायी जर्ज वेस्टिङहाउस र एडिसनबीच प्रतिस्पर्धा थियो।
एडिसनले डीसीलाई नै जोड दिएपछि टेस्ला अलग्गिए। पछि वेस्टिङहाउसले टेस्लाको एसी ट्रान्सफर्मर र मोटरको सर्वाधिकार किने। टेस्लाले आविष्कार गरेको प्रणाली अझै पनि विद्युतीय ऊर्जाको उत्पादन, प्रसारणको क्षेत्रमा अग्रणी विधि मानिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
