ताप्लेजुङको टिपताला नाका हुँदै चीन जोडिने सडकको ट्र्याक खुलेसँगै कोशी प्रदेश चीनसँग सडक सञ्जालले जोडिएको छ। यो सडक जोगबनी नाकामा भारतसँग पनि जोडिन्छ।
फुङ्लिङ– तमोर करिडोरबाट भारत र चीन जोडिएका छन्। मंगलबार साँझ टिपताला नाका हुँदै चीन जोडिने सडकको ट्र्याक खुलेसँगै कोशी प्रदेश उत्तरतर्फको छिमेकी देश चीनसँग सडक सञ्जालले जोडिएको छ। यो सडक मोरङको जोगबनीमा भारतसँग पनि जोडिन्छ।
चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार २०० मिटर उचाइमा रहेको टिपताला नाका हुँदै फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला क्षेत्रमा सडक विस्तार गरेको थियो। नेपाल र चीनको नाकाबाट नेपालतर्फ ३५ किलोमिटर क्षेत्रमा ट्रयाक खोलिएको थियो।
नेपालतर्फ सुनसरीको चतरादेखि खोल्दै लगिएको ट्र्याक यसअगाडि चीनले खोलेको ट्र्याकमा उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाका प्रमुख अमिन्द्र खड्काले बताए।
तमोर नदीको उद्गमस्थल टिपताला नाकाबाट धनकुटाको मूलघाट हुँदै तमोर किनारैकिनार बनेको सडक भारतसँग जोडिन्छ। सडक निर्माण काठमाडौँको एसबीए एलाइट जेभीले गरेको हो।
एसबीए एलाइटले तापेथोकदेखि ओलाङचुङगोलासम्मको ट्र्याक खोल्ने ठेक्का ४४ करोड रुपैयाँमा लिएको थियो। तापेथोकबाट काम थालेको ६ वर्षमा ट्र्याक खोलिएको निर्माण कम्पनीले जनाएको छ। निर्माण कम्पनीका अनुसार अब छ वटा मेसिन लगाएर टिपताला नाकासम्म यस अगाडि खुलाएको ट्र्याकलाई मर्मत गर्ने योजना छ।
मूलघाट–दोभान–ओलाङचुङगोला सडक सुनसरीको चतरादेखि ओलाङचुङगोलासम्म २३० किलोमिटर छ। ओलाङचुङगोलादेखि टिपताला नाकासम्मको दूरी २४ किलोमिटर छ। प्रदेशको राजधानी विराटनगरसँग जोडिएको सीमा नाका जोगबनीबाट चतरा ५१ किलोमिटर टाढा छ।
२०६५ सालमा तमोर करिडोर निर्माण थालिएको थियो। २०६७ सालमा यो सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो। चीनसँग सडक सञ्जालले जोडिएसँगै स्थानीय उत्साहित भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोलाका वडा सदस्य टासी शेर्पाले बताए।
सडक जोडिए पनि अगाडि चीनबाट खोल्दै ल्याएको ट्रयाक मर्मतसम्भार गर्न केही समय लाग्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
