सबै कुवेती र प्रवासीहरूलाई बायोमेट्रिक गराउन आउँदो मार्चदेखि तीन महिनाको समयसीमा घोषणा गरेको छ।
काठमाडाैँ– कुवेतको आन्तरिक मन्त्रालयले सबै कुवेती र प्रवासीहरूलाई बायोमेट्रिक फिंगरप्रिन्टिङ गराउन आउँदो मार्चदेखि तीन महिनाको समयसीमा घोषणा गरेको छ।
कुवेतमा सीमा उल्लंघन गर्ने र अवैधानिक तवरमा त्यहाँ भित्रिने क्रम बढेको भन्दै बायोमेट्रिक अनिवार्य गरिएको त्यहाँको मन्त्रालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ। बायोमेट्रिक नगरे सबै प्रकारका सेवा तथा कारोबारमा रोक लगाइने बताइएको छ। कुवेत नेपाली श्रमिकहरूको रोजगार गन्तव्य देश पनि हो। विशेष गरी कुवेतमा घरेलु कामदारको रुपमा धेरै नेपाली महिला कार्यरत छन्।
त्यहाँको मन्त्रालय मातहतका कार्यालय र तोकिएका विभिन्न स्थानमा गएर बायोमेट्रिक गर्न सकिने मन्त्रालयले जनाएको छ। सुरक्षा सम्बन्ध तथा सञ्चारमाध्यमको सामान्य प्रशासनका अनुसार आन्तरिक मन्त्रालयले विभिन्न सीमानाका, कुवेत अन्तर्राष्ट्रिय विमानस्थल र तोकिएका केन्द्रहरूमा कवेती, जीसीसी नागरिक र प्रवासीहरूको बायोमेट्रिक फिंगरप्रिन्टिङ सक्रिय रूपमा सञ्चालन गरिरहेको छ।
कुवेती र खाडीका अरू देश (जीसीसी)का नागरिकहरूले हवाल्ली सुरक्षा निर्देशनालय, फरवानिया सुरक्षा निर्देशनालय, अल–अहमदी सुरक्षा निर्देशनालय, मुबारक अल–कबीर सुरक्षा निर्देशनालय, र अ–जहरा सुरक्षा निर्देशनालयमा बायोमेट्रिक गर्न सक्छन्। यस्तै प्रवासीहरूले अली सबा अल–सलेम र जाहरा क्षेत्रहरू साथै विभिन्न मल तथा मन्त्रालयमा रहेका व्यक्तिगत पहिचान विभागमा गएर बायोमेट्रिक दर्ता गर्न सक्नेछन्।
बायोमेट्रिक भनेको व्यक्तिको जैविक अभिलेख राख्ने प्रणाली हो। यसमा औँठाछाप र आँखाको रेटिनाको 'डिजिटल रेकर्ड' राखिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
