एमाले सांसद रघुजी पन्तले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेकाले उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।
काठमाडौँ– प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रतिपक्षी दलका सांसदले समसामयिक विषयमा देखिएका समस्या सम्बोधन नगरे सदन अवरोध गर्ने चेतावनी दिएका छन्।
बैठक आरम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले उठेर बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसद रघुजी पन्तलाई समय दिए।
नेता पन्तले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गरेर बयान लिइरहेकोले मन्त्री बस्नेतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे। एमालेका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रश्न उठेपछि राजीनामा दिएको सन्दर्भ उठाउँदै उनले यस्तो अहिले त्यस्तो नदेखिएमा सह्य नहुने चेतावनी दिए।
सांसद पन्तले बालकुमारीमा गोली प्रहारबाट मारिएका दुई युवाको हत्याको घटनामा छानबिनको प्रतिवेदन कार्यान्वयन नभएको पनि गुनासो गरे। उनले लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष ल्याक्याल लामाले सरकारी जग्गा विवादित रूपमा भाडामा दिने निर्णय गरेकामा पनि प्रश्न उठाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले पनि बालकुमारी घटनाका दोषीलाई कारबाही नभए संसद् र सडकमा आन्दोलन हुने चेतावनी दिए। उनले मिटरब्याज पीडितहरू पुनः काठमाडौँ आएर आन्दोलन गर्न बाध्य भएको पनि जानकारी गराए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले मुलुकमा अनियमितता, बेरुजु र दण्डहीनता बढेको उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
