अघिल्लो वर्षको मार्चमा अस्ट्रेलियाको डार्लिङ नदीमा करोडौँ माछा मरेका थिए। विश्वभर चर्चा बटुलेको उक्त घटनाले वैज्ञानिकहरूलाई पनि अचम्ममा पारेको थियो।
अघिल्लो वर्षको मार्चमा अस्ट्रेलियाको डार्लिङ नदीमा करोडौँ माछा मरेका थिए। विश्वभर चर्चा बटुलेको उक्त घटनाले वैज्ञानिकहरूलाई पनि अचम्ममा पारेको थियो। के कारणले यसरी माछा मरे भन्नेबारे अनुसन्धानपछि वैज्ञानिकहरूले नदीको पानीमा अक्सिजनको मात्रा कम भएको निष्कर्ष निकाले।
यस्तो घटना दोहोरिन नदिनको लागि वैज्ञानिकहरूले नयाँ उपाय अघि सारेका छन्। जसरी अस्पतालमा बिरामीलाई अक्सिजन दिइन्छ, त्यसरी नै नदीमा अक्सिजन दिएर माछालाई बचाउने तयारी वैज्ञानिकहरूले गरेका छन्। न्यु साउथ वेल्सस्थित उक्त नदीमा अहिले पम्पमार्फत् अक्सिजन पुर्याएर नयाँ परीक्षण भइरहेको छ। राज्यका जलस्रोत मन्त्री रोज ज्याक्सनले पम्पमार्फत् नदीमा शुद्ध अक्सिजन छोड्दा पानीमा अक्सिजनको स्तर सुधार गर्न सकिन्छ कि भनेर परीक्षणको चरणमा रहेको बताएका छन्।
ज्याक्सनले भने, "हामीले हालैका वर्षहरूमा माछा मार्ने धेरै प्रकोपहरू देखेका छौँ। हामी यो समस्याबाट पछि हट्न सक्दैनौँ र हेरौँ के हुन्छ।"
यद्यपि ज्याक्सनका अनुसार यसको नतिजा थाहा पाउन धेरै महिना लाग्न सक्छ, तर वैज्ञानिकहरू यो उपायको सफलताप्रति आशावादी छन्। वाटर एनएसडब्ल्यूमा कार्यरत वैज्ञानिक जो पेरा यो उपाय रामवाण नभए पनि पानीको स्वच्छतामा सुधार हुन सक्ने बताउँछन्।
यस प्रक्रियामा कम अक्सिजन भएको पानीलाई एउटा ट्यांकीमा भरिन्छ र त्यसमा अक्सिजन मिलाएर पुनः नदीमा छोडिन्छ। यस कार्यको लागि प्रयोग गरिने उपकरणहरू सजिलै जहाँ पनि ढुवानी गर्न सकिन्छ र आपतकालीन अवस्थाअनुसार मात्र डिजाइन गरिएको छ।
यो उपाय अस्ट्रेलियाको अर्को राज्य, पश्चिमी अस्ट्रेलियामा प्रयोग गरेर सफल भएको छ। तर पश्चिमी अस्ट्रेलिया र न्यु साउथ वेल्सको भौगोलिक अवस्था फरक छ। त्यसकारण, डार्लिंग नदीमा परीक्षण गरेर यो प्रविधिले सबै भौगोलिक अवस्था भएको नदीमा काम गर्छ कि गर्दैन भनेर पनि थाहा हुने पेरा बताउँछन्।
"पश्चिमी अस्ट्रेलियामा नदीको बहाव यहाँ जस्तो थिएन। तर यहाँ पानी कम गहिरो छ। यो प्रणाली गहिराइमा राम्रो काम गर्छ। यहाँ काम हुँदैन भन्ने होइन, तर यसको सीमाहरू छन्," उनी भन्छन्।
सामान्यतया यो प्रविधि एक्वाकल्चरमा प्रयोग गरिन्छ। विगत केही वर्षदेखि लगातार खोलामा माछा मर्न थालेपछि यो प्रविधि प्रयोग गर्नुपर्ने आवश्यकता महसुस भएको थियो। अस्ट्रेलियामा सन् २०१८ को अन्तिम महिना र २०१९ को शुरुआतको बीचमा हजारौँको संख्यामा मरेका माछा बगेर आउन थाले। वैज्ञानिकहरूले यसलाई खडेरीका साथै पानीको स्वच्छतामा गडबडीको परिणाम भनेका छन्।
गत मार्चमा डार्लिङ नदीमा आएको बाढीपछि लाखौँको संख्यामा त्यहाँका रैथाने माछा मरेका थिए। यो पूरै घटनाको छानबिन गर्न समिति गठन भएको थियो जसले गत सेप्टेम्बरमा केही सिफारिससहित प्रतिवेदन बुझाएको थियो। यी सिफारिसहरू मध्ये एक कृत्रिम रूपमा अक्सिजन आपूर्ति पनि थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
