गणपूरक संख्या नपुगेपछि राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रतिनिधिसभामा प्रस्तुत हुन सकेन।
काठमाडौँ– गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि शुक्रबारसम्मका लागि स्थगित भएको हो।
गणपूरक संख्या नपुगेपछि राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोस्टममा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसद्मा गणपूरक संख्या यकिन गर्न माग गरेका थिए।

सभामुख देवराज घिमिरेले संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्माणार्थ पेस गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो संख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए।
गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात् ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र भएपछि सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
