क्यानडाले जित्यो नेपाल ‘ए’सँगको श्रृंखला

नेपाल ‘ए’सँगको तीन खेलको एक दिवसीय श्रृंखला क्यानडा ११ ले २–१ ले जितेको छ।

तस्वीर : क्यान

काठमाडौँ– नेपाल ‘ए’सँगको तीन खेलको एक दिवसीय श्रृंखला क्यानडा ११ ले २–१ ले जितेको छ।

बिहीबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले नेपाल ‘ए’लाई ४ विकेटले पराजित गरेसँगै श्रृंखला जितेको हो।

नेपालले दिएको १८२ रनको मध्यम लक्ष्य क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो 

क्यानडाको जितमा निकोलस किर्तनले अविजित रहँदै ५८ रन बनाए। आरोन जोनसनले ४२ र नवनीत धलिवालले ३८ रन बनाए।

बलिङमा नेपालका साहब आलमले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिए। त्यस्तै, शेर मल्ल र बसिर अहमदको नाममा समान १/१ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनायो।

नेपालका ओपनर आषुतोष घिरौयाले सर्वाधिक २८ रन बनाए। अर्जुन कुमाल २७, बसिर अहमद २५,सन्दीप जोरा २४ र सुजन थपलिया २० रनमा आउट हुँदा राशिद खान र प्रतीश जीसीले १९/१९ रन बनाए।

क्यानडा ११ का निकोलस किर्तन, डिलेन हेलिगर र हर्ष ठाकेरले २/२ विकेट लिए। कलिम साना र साद जाफरको नाममा १/१ विकेट रह्यो।