नेप्सेमा उच्च अंकको गिरावट

कारोबार भएका कुल १३ उपसमूहमध्ये बिहीबार दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उच्च अंकले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.७६ अंकले ओरालो लागेर २००५.८३ मा सीमित भएको छ। ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.४९ अंकले ओरालो लागेर ३५९.५७ मा सीमित भएको छ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये बिहीबार दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।

कुल ९५ लाख १८ हजार ७५ कित्ता शेयर तीन अर्ब २० करोड ६१ लाख ६७ हजार २५ मूल्यमा खरिद बिक्री भएका छन्। कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको १४ करोड ८७ लाख ९७ हजार १७८ रुपैयाँ बराबरको कारोबार भयो।

गुर्खाज फाइनान्स १४ करोड एक लाख १० हजार ६८८, जोशी हाइड्रोपावर आठ करोड ९३ लाख ४८ हजार १६१, एनआईसी एसिया बैंक ६ करोड ४० लाख ३८ हजार १८० र न्यादी ग्रुप पावरको ६ करोड २४ लाख ४० हजार ३३५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। जोशी हाइड्रोपावर ९.८७, सामलिङ पावर ९.८५, बोटलर्स नेपाल बालाजु ८.२४, बोटलर्स नेपाल तराईका लगानीकर्ताले ५.७३ प्रतिशतले कमाएका छन्।

यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी ७.६०, बाराही हाइड्रोपावर ६.६७, पिपल्स पावर कम्पनी ६.२६, अप्पर स्याङ्गे हाइड्रोपावर ५.१३ र रावा इनर्जी डेभलपर्सका लगानीकर्ताले ५.०८ प्रतिशतले गुमाएका छन्।