कांग्रेस महासमिति बैठकमा पेश भएका चारवटै प्रस्ताव सर्वसम्मत पारित

नेपाली कांग्रेसको महासमिति बैठकमा पेश भएका चारवटै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएका छन्।

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठकमा पेश भएका चार वटै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएका छन्।  

बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। यी चारवटै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएका हुन्।

त्यसअघि चार वटै प्रस्तावहरूमाथि समूहगत छलफलबाट प्राप्त सुझावसहित पार्टीका प्रदेश सभापतिहरूले प्रस्तुत गरेका थिए। त्यसपछि प्रस्तावहरूलाई आवश्यक संशोधन पछि पारितका लागि प्रस्तुत गरिएको थियो।  कांग्रेस सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बैठकले चारवटै प्रस्ताव सर्वसम्मत रूपले पारित गरेको जानकारी दिए।