प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक व्यक्तिलाई बचाउन सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक व्यक्तिलाई बचाउन सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय कमिटी समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाइएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताए। उनले दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताए। उनले यो घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्लज्ज भएर बसिरहेको जिकिर गरे।
“आफैँले सरकारले बनाएको आयोगले तोकेको छ, दोषी मन्त्री छ। मन्त्री पूर्तिसाथ हिँड्छ। आत्मग्लानि छँदै छैन। न सरकारलाई न मन्त्रीलाई। प्रधानमन्त्रीलाई अप्ठ्यारो भएको छैन। मन्त्रीले राजीनामा नगरे हटाउनु पर्दैन। मन्त्री निर्लज्ज भयो भने निर्लज्ज हुने, गठबन्धन नै निर्लज्ज हुने। एउटा व्यक्तिको स्वार्थमा, एउटा सानो दलको स्वार्थमा सिंगो देश अलोकतान्त्रिकमा जाने। नैतिकता भन्ने कुरा सिंगै देशले छोड्ने?” उनले भने।
गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु दैलेखका सुजन रावतको मृत्यु भएको थियो।
उक्त घटनाको जाँचबुझ गरी राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेश गर्ने गरी मन्त्रिपरिषद्ले गत पुस १६ मा बनाएको जाँचबुझ आयोगले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला पनि दोषी रहेको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको थियो। उक्त घटनाबारेको प्रतिवेदनले दोषी देखिएका मन्त्री ज्वालालाई नैनिकताका आधारमा राजीनामा दिन, उनले राजीनामा नदिए हटाउन विभिन्न राजनीतिक दलहरूले सरकारमाथि दबाब दिँदै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
