नेपाली कांग्रेस महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता–कार्यकर्तालाई पार्टीवरिपरि राख्नु नहुने र दाग लागेका मन्त्रीलाई पनि घर पठाउनुपर्ने बताएका छन्।
काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता–कार्यकर्तालाई पार्टीको वरिपरि राख्नु नहुने बताएका छन्। बिहीबार महासमिति बैठकको समापनसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका नेता–कार्यकर्तालाई पार्टीवरिपरि राख्नु नहुने र दाग लागेका मन्त्रीलाई पनि घर पठाउनुपर्ने बताएका हुन्।
“काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऊँ। दाग लागेको मन्त्रीलाई घर पठाऔँ। अनि काम गरेर देखाऔँ कांग्रेसले। काम गर्न नसक्ने वडा अध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भनेर भन्न सक्नुपर्छ। भ्रष्टाचारमा मुछिएका एउटा मान्छेलाई कांग्रेसले वरिपरि राख्दिनँ भनेर भन्न सक्नुपर्छ। भन्नुपर्छ। त्यसपछि हाम्रो शक्ति आफैँ बढ्दै जान्छ,” उनले भने।
महामन्त्री थापाले ०४६ सालयता सार्वजनिक जीवनमा बसेको मान्छेहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताए। उनले कांग्रेस सरकारमा रहेकाले जनतालाई सुशासन र डेलिभरी दिन सक्नुपर्ने बताए। उनले आमनागरिकले कांग्रेसबाट भ्रष्टाचारी एउटा पनि नउम्कियोस् र ठूलो माछा समातियोस्, यसको निम्ति कानून बनोस् या बनेको कानून बदल्नुपर्छ भने बदलियोस् भन्ने अपेक्षा गरिरहेको उल्लेख गरे।
उनले कांग्रेसले कानून बनाउने केही पहलकदमी लिएको उल्लेख गर्दै उनले भने, “०४६ सालपछाडि प्रत्येक सार्वजनिक जीवनमा बसेको मान्छेको सम्पत्ति छानबिन होस् भन्ने कानून नेपाली कांग्रेसको पहलकदमीमा यहीँ संसद्बाट बनाएर सुशासनको सन्दर्भमा हामीले देखाउनुपर्ने छ। कतिपय ठाउँमा दाग लागेको छ। दाग पुछ्नका लागि ऐन पुछेर हुँदैन। दाग हामी आफैँले मेटाउनुपर्छ।”
आफूमा लागेको दाग मेटाएर पार्टीलाई बलियो बनाउन सकेमा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेहरूलाई कारबाही गर्न सकिने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
