कुलेखानीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ अन्य ६ जना घाइते भएका छन्।

मकवानपुर– हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डको इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

बुधबार दिउँसो २ः४५ बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना१ज ४४४६ नं को सुमो जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको हो। एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय भीमफेदीले दिएको जानकारीअनुसार जिपमा चालकसहित सात जना सवार थिए। गम्भीर अवस्थामा रहेका पाँच जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। 

सुमो चालकको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। मृतकको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ।