भन्सार जाँच पार गरिसकेपछि शंकाका आधारमा खोजतलास गर्दा भारतीय नागरिक जेसनले लगाएको पाइन्ट र भित्री वस्त्रमा लेपन गरी ल्याइएको अवस्थामा सुन भेटिएको प्रहरीले जनाएको छ।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित बिहीबार एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए।
“पक्राउ परेका जेसनले लगाएको पाइन्ट र भित्री वस्त्रमा लेपन गरी ल्याइएको अवस्थामा सुनसहित पक्राउ गरेका छौँ,” उनले भने, “लुगासहित करिब दुई किलो पाँच सय ग्राम छ। निजले दिएको बयानअनुसार सुन मात्रै करिब एक किलो छ।”
पक्राउ परेका जेसन दोहाबाट मुम्बई हुँदै इन्डिगो एयरलाइन्सबाट बिहीबार अपराह्न ४ बजे काठमाडौँ आएका प्रहरी वरिष्ठ उपरीक्षक शर्माले बताए। भन्सार जाँच पार गरिसकेपछि शंका लागेका आधारमा खोजतलास गर्दा उक्त सुन भेटिएको प्रहरीले जनाएको छ।
उनमाथि थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बरामद सुनसहित बुझाइने प्रहरी वरिष्ठ उपरीक्षक शर्माले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
