यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र गण्डकीको पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ। 

काठमाडौँ– नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। 

दिउँसो, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र गण्डकीको पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी, बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। यसैगरी राति, कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा रात पनि हल्का हिमपातको सम्भावना छ।