हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ। हिउँले सडक र गोरेटो पुरिँदा घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीयले बताएका छन्।
ढोरपाटन– बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ। बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो।
हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ। हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले हिँडडुलसमेत गर्न सकेका छैनन्।
हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए। हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ। बिहीबार रातिदेखि भारी हिउँ परेको उनले बताए। यस पटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ।
“रातिदेखि भारी हिमपात भएर ढोरपाटन उपत्यका सबै ढाकिएको छ। वरपर गर्न सक्ने अवस्था छैन”, अदैले भने, “एक साता जति भयो गर्मी बढ्न थालेको थियो। हिउँ परेपछि फेरि चिसो बढेको छ।”
यसबेला परेको हिउँले बालीनाली राम्रो हुने भए पनि चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको उनले बताए।
गत मंसिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलो पटक हिमपात भएको थियो। माघ १८ गते पनि भारी हिमपात भएको थियो। तेस्रो पटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुशी भएका छन्।
ढोरपाटनसँगै बागलुङको उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन्। बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए। हिमपातले जनजीवनमा सामान्य असर परेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
