प्रदीप यादवको प्रश्न– जीबी राईलाई किन पक्राउ गरिएन?

प्रतिनिधिसभा बैठकमा सांसद यादवले जीबी राईको संलग्नता रहेको वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले एक अर्ब ३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए। 

काठमाडौँ– जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगी प्रकरणमा संलग्न जीबी राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले जीबी राईको संलग्नता रहेको वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले एक अर्ब ३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए। 

वीरगन्जवासीले प्रहरीमा उजुरी दिए पनि हालसम्म छानबिन अगाडी नबढेको उनको भनाइ छ। 

उक्त सहकारीले बिना धितो वीरगन्ज बाहिरका ७५ जनालाई ९४ करोड रुपैयाँ दिएको बताउँदै उनले भने, “हालसम्म प्रहरीले जीबी राई लगायतलाई किन पक्राउ गरिएन?”