आईएम–१ मिसनको ल्यान्डरले चन्द्रमाको सतहमा सफल अवतरण गरेको नासा र इन्ट्युटिभ मेसिन कम्पनीले जनाएका छन्। उक्त ल्यान्डर अमेरीकाले करिब आधा दशकपछि चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको उल्लेख गरेको छ।
अमेरिकाको इन्ट्युटिभ मेसिन कम्पनीले चन्द्रमाको दक्षिणी ध्रुवनजिक यान अवतरण गराएको छ।
आईएम–१ मिसनको ल्यान्डरले चन्द्रमाको सतहमा सफल अवतरण गरेको नासा र इन्ट्युटिभ मेसिन कम्पनीले जनाएका छन्। उक्त ल्यान्डर अमेरीकाले करिब आधा दशकपछि चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको उल्लेख गरेको छ। यान अवतरण गरेको पुष्टि गर्न केही समय लागेको थियो।
यद्यपि यान चन्द्रमाको दक्षिणी ध्रुव नजिक आफ्नो गन्तव्यमा पुगेको थियो वा थिएन भन्नेबारे कम्पनीले कुनै थप विवरण दिएको छैन। इन्ट्युटिभ मेसिनका कार्यकारी प्रमुख स्टिभ अल्टेमसले भने, “मलाई थाहा थियो यो ठूलो चिन्तापूर्ण र तनावपूर्ण थियो तर हामी सतहमा छौँ र प्रसारण गर्दैछौँ। चन्द्रमामा तपाईंलाई स्वागत छ।”
कम्पनीको घोषणाअनुसार टचडाउनको दुई घण्टापछि डाटा प्रवाह शुरू भएको छ। नासाको प्रसिद्ध अपोलो मुनवाकर्सपछि पहिलो पटक अवतरणले अमेरिकालाई सतहमा फर्काएको छ।
इन्ट्युटिभ मेसिन चन्द्रमामा अवतरण गर्ने पहिलो निजी व्यवसाय पनि बनेको छ। यो उपलब्धि पाँच मुलुकले मात्र हासिल गरेका छन्। अर्को अमेरिकी कम्पनी एस्ट्रोबोटिक टेक्नोलोजीले गत महिना यसलाई सट दिएको थियो तर चन्द्रमामा पुग्न सकेन र यान पृथ्वीमा फर्कँदा दुर्घटनाग्रस्त भयो। दुवै कम्पनी चन्द्र अर्थतन्त्रलाई गति दिनका लागि नासा समर्थित कार्यक्रमका हिस्सा हुन्।
यानको नेभिगेसन प्रणाली विफल हुँदा अवतरणअघिको अन्तिम केही घण्टा थप तनावपूर्ण बनेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
