न्याय खोज्दै पैदलयात्रा गरी देशभरबाट काठमाडौँमा आएका मिटरब्याजी पीडितहरूले शुक्रबार भृकुटीमण्डप क्षेत्रमा विरोध प्रदर्शन गरेका छन्।
काठमाडौँ– न्याय खोज्दै पैदलयात्रा गरी देशभरबाट काठमाडौँमा आएका मिटरब्याजी पीडितहरूले शुक्रबार विरोध प्रदर्शन गरेका छन्। उनीहरूले त्रिभुवन पार्कबाट हिँड्दै आएर रत्नपार्कमा विरोध प्रदर्शन गरेका हुन्। मिटरब्याजविरुद्ध न्याय मार्च नाम दिएर उनीहरूले विरोध प्रदर्शन गर्दै आएका छन्। शुक्रबार भृकुटीमण्डपबाट सिंहदरबार जाने क्रममा भृकुटीमण्डप क्षेत्रमै प्रहरीले रोकेपछि उनीहरूले सोही स्थानको सडकमा बसेर विरोध जनाए। प्रदर्शनकारीहरूले किसानको भूमि फिर्ता गर्, पीडितहरू एक हौँ, हाम्रो आन्दोलन जारी छ, मेची–महाकाली–काठमाडौँ पैदलयात्रा सफल पारौँ, पीडितलाई न्याय दे लगायतका नारा लगाएर विरोध जनाएका छन्। उनीहरू पैदलयात्रा गरेर बुधबार साँझ काठमाडौँ आइपुगेका थिए।








Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
