चार खेलमा तीन जित र एक पराजयसहित नामिबिया ६ अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा यथावत् छ।
काठमाडौँ– नामिबियाले आईसीसी क्रिकेट विश्वकप लिग २ मा तेस्रो जित हासिल गर्दै नेपाल भ्रमण सक्काएको छ। शुक्रबार सम्पन्न शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको हो।
४ खेलमा ३ जित र १ पराजयसहित नामिबिया ६ अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा यथावत् छ। नामिबियाले पहिलो खेलमा घरेलु टोली नेपाललाई ४ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको नामिबियाले तेस्रो खेलमा नेपाललाई २ विकेटले पराजित गरेको थियो।
नामिबियाले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४३.५ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन मात्रै बनाउन सक्यो।
नेदरल्यान्ड्सका नोआह क्रोसले अविजित रहँदै ४६ रन प्रहार गरे। उनले ५६ बलमा ३ चौका प्रहार गरे।
ओपनर म्याक्स ओ डाउड ४१, बास डे लिड २४, शारिज अहमद १९, तेजा निदमानुरु १४ र साइब्रान्ड एंगलब्रेक्ट १० रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
नामिबियाका ग्रेरार्ड एरास्मस र जान फ्रिलिंकले ३/३ विकेट लिए। बर्नार्ड स्कोल्जले २ विकेट लिँदा रुबेन ट्रम्पलम्यान र निकोल लोफ्टि-इटनको नाममा १/१ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले ४१.३ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन बनाएको थियो।
नामिबियाका निकोल लोफ्टि-इटनले सर्वाधिक ४९ रन बनाए। उनले ४३ बलमा ६ चौका र २ छक्का प्रहार गरे। मलान क्रुगर ३९, जान फ्रिलिंक ३४, जेन ग्रिन २२, ग्रेरार्ड एरास्मस १२ र माइकल भान लिंगेन १० रनमा आउट हुँदा रुबेन ट्रम्पलम्यान २३ रनमा अविजित रहे।
नेदरल्यान्ड्सका भीभीएन किंग्माले सर्वाधिक ३ विकेट लिए। आर्यन दत्त र रोलफ भान डर मर्वले २/२ विकेट लिँदा शारिज अहमद र बास डे लिडको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
